हेटौंडा । बागमती प्रदेशमा सन् २०२१ मा मावनअधिकार उल्लङ्घन र ज्यादतीका ८ सय ९० घटना घटेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले शनिवार सार्वजनिक गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ ले एक वर्ष अवधिमा बागमती प्रदेशमा मावनअधिकार उल्लङ्घनका ती घटना घटेको अभिलेख छ । जुन अघिल्लो वर्षभन्दा ८१ जनाले बढि हो ।

इन्सेकले गरेको अभिलेखअनुसार सन् २०२१ मा वागमती प्रदेशमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा १ हजार १ सय ७३ जना पीडित भएका थिए । यस वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा ३४ जना महिला र २ सय ४९ पुरुष गरी जम्मा २ सय ८३ जना तथा ज्यादतीका घटनामा ८ सय ४२ जना महिला र ४८ जना पुरुषसहित जम्मा ८ सय ९० जना पीडित भएको अभिलेख रहेको छ ।

यस वर्ष राज्यपक्षबाट हिरासतमा रहेका एक जना पुरुषको मृत्यु भएको छ, भने कारागारमा ५७ जनाको मृत्यु भयो जसमध्ये पाँच जना बन्दीको कोभिड( १९ सङ्क्रमणबाट मृत्यु भएको हो । साथै गिरफ्तारीका घटनामा १० जना, अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारमा ३४ जना महिला र १ सय ८१ जना पुरुष गरी २ सय १५ जना पीडित भए ।

यसैगरीसन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ९२ जना पीडित भएका थिए जसमा राज्यपक्षबाट २ सय ३८ जना र अन्यपक्षबाट ८ सय ५४ जना पीडित भएका थिए ।

महिलाविरुद्ध हुने सबै प्रकारका दुर्व्यवहार घटनामा सन् २०२१ मा यस प्रदेशमा ३ सय ८९ जना पीडित भएका छन् । जसमा बेचविखनका प्रयासका घटनामा ७ जना, घरेलु हिंसाका घटनामा ७० जना, कथित बोक्सीको आरोपमा ५ जना, बलात्कारका घटनामा १ सय ८७ जना, बलात्कार प्रयासका घटनामा ३३२ जना, यौन दुर्व्यवहारको घटनामा २६ जना र बेचविखनका घटनामा ५ जना महिला पीडित भएका छन् ।

त्यस्तै सन् २०२१ मा मकवानपुरमा मावनअधिकार उल्लङ्घन र ज्यादतीका ७८ वटा घटना अभिलेख भएका छन् । सन् २०१९ मा ५० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना यस जिल्लामा अभिलेख भएकोमा सन् २०२० मा ६२ वटा घट्ना अभिलेख भएका थिए । यसले तथ्याङ्कले जनचेतनाले गर्दा पीडित न्यायको पहुँचमा आउने गरेको मात्र नभई फितलो कानुन र कार्यन्वयनका कारण पनि अपराधिक गतिबढ्दै गएको देखिन्छ ।

सन् २०२१ मा मकवानपुरमा ७३ जना महिला र ५ जना पुरुष पीडित भए । बाल अधिकारका घटनामा ३४ जना बालिका पीडित भएकोमा २८ जना बलात्कार, पाँच जना यौन दुव्र्यवहार र एक जना बेचबिखनको प्रयासबाट पीडित भएका छन् ।

यसैगरी महिला अधिकारका घटनामा ३३ जना पीडित भएकोमा २१ जना बलात्कार, पाँच जना बलात्कार प्रयास, एक जना यौन दुव्र्यवहार र ६ जना बहुविवाहको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ । यस अवधिमा १० ओटा हत्याका घटना भएका छन् । जसमा ६ जना महिला र ४ पुरुष छन्, भने एक कुटपिटको घटना इन्सेकमा अभिलेख भएको छ ।

यस वर्ष परिवारजनबाट सात जना बालिका सहित १३ ओटा बलात्कारको घटना र पाँच जना हत्याको घटना इन्सेकमा अभिलेख भयो भने तीन ओटा घटना बौद्धिक अपाङ्गता भएका व्यक्ति पीडित भएका छन् ।

इन्सेकको अभिलेखालयमा गतवर्ष सन् २०२० मा मकवानपुरमा ६२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६३ जना पीडित भएका थिए । जसमा ५० जना महिला, १२ जना पुरुष र एक लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको तथ्याङ्क छ ।

कार्यक्रममा पाटन उच्च अदालत हेटौंडाकी न्यायाधीश मेरिना श्रेष्ठ, इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतम लगायतकाको उपस्थिती रहेको आरती पाठकले जानकारी दिइन् ।