हेटौंडा । मकवानपुरको बागमती गाँउपालिकामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएका छ ।

बिहीबार साँझ बागमती–८ साततलेमा बागमती प्रदेश ०३–००२ प ३२६५ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ४२ बर्षीय अमर पाख्रिन गम्भिर घाइते भएका थिए ।

उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । तीव्र गतिका कारण मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।