हेटौंडा । मकवानपुरको बामगतीमा टिपरले मोटरलाईकललाई पछाडिबाट ठक्कर दिँदा दुई जना घाइते भएका छन् । शुक्रबार अपह्रान्न सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको ग १ क ६००७ नम्बरको ट्रिपरले बा.प्रदेश ०२–०४०प ५७५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

टिपरको ठक्करबाट मोटरसाइकलका चालक भक्तपुर चागुनारायण नगरपालिका–९ बस्ने ४७ बर्षीय सरोज थापा र उनकै श्रीमती ४५ बर्षीया भारती थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइतेको उद्धार गरी बागमती गाउँपालिका–४ झुरझुरेस्थित सानवी मेडिकलमा पठाईएको थियो ।

दुर्घटना लगतै ट्रिपर र चालक फरार रहेका थिए । खोजतलास गर्दै जाने क्रममा ट्रिपरलाई बागमती गाउँपालिका–७ लामिटारस्थित ट्रिपर धनी ल्वाङ लामाको घरमा पार्किङ गरि राखेको स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।