हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाँउपालिकामा न्यानो वस्त्र वितरण गरिएको छ । मंगलबार बागमती गाँउपालिका वडा नं ८ स्थित श्री भैरव प्राथमिक विद्यालयका ९४ जना विद्यार्थीलाई न्यानो वस्त्रका साथसाथै शैक्षिक साम्रगी वितरण गरिएको हो ।

सहयोगापेक्षी विद्यार्थीहरुलाई आवश्यक न्यानो वस्त्र वितरण गर्ने कार्यक्रम अन्र्तगत यो कार्यक्रमको आयोजना गरिएको डिभाईन युथ क्लब नेपाल हेटौंडाका संयोजक विवेक सुवेदीले जानकारी दिए ।

डिभाईन युथ क्लब नेपाल हेटौंडाको आयोजनामा भएको कार्यक्रममा बागमती गाँउपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती गाँउपालिका वडा नं ८ का वडाध्यक्ष इन्द्रमणी तिमल्सिना, बागमती गाँउपालिका पशुसेवा शाखा प्रमुख राजेन्द्र गोले, वडा नं ८ का वडा सदस्य जय बहादुर लोप्चन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल सिंतान, विद्यालयका प्रधानाध्यापक हेमुराना मगर, विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तबहादुर सिंतान, सिर्जना वाईबा लगायतको आतिथ्यता रहेको थियो ।