हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ मा सोमवार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन ।

बागमती–४ झुरझुरेका ३५ बर्षीय गोपाल थिङ मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

बागमती खोलामा माछा मार्न जान्छु भनि २२ गते साँझ घरबाट निस्केका थिङ मृत अवस्थामा फेला हुन् । आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा सोमवार बिहान २ बजेर १५ मिनेटको समयमा बागमती खोलामा पानिमा मृत अबस्थामा फेला परेको थिए ।