हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले ९६ बर्षिय चेपाङ बृद्धलाई सम्मान गरेको छ ।

राक्सिराङ–५ का ९६ बर्षीय राम बहादुर चेपाङ र ८० बर्षीय तुल बहादुर चेपाङलाई सम्मान गरिएको हो । राक्सिराङ गाउँपालिकाको चैनपुरमा सोमवार भएको गाउँसभाको पन्ध्रौ (हिउँदे) अधिवेशनको अवसरमा चेपाङसहित विभिन्न विधामा सम्मान गरिएको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले संयुक्त रुपमा उहाँहरुलाई सम्मान गरेका हुन । खादासहित बृद्धहरुलाई फलफुल, हलिर्स सहित सम्मान गरिएको थियो ।

त्यस्तै खेलकुद तर्फ प्रकाश साही, कुडुले महिला बचत सहकारी, उपभोक्ता समिती तर्फ दुईचोक उपभोक्ता, जन्मभुमि कृषि सहकारी कुडुले, उत्कृष्ट बिद्यार्थी सोनी लाय मगर, राष्ट्रिय मावि सिलिङ्गे , शिक्षक देबिथान प्रा बिलाई सम्मान गरिएको हो । त्यस्तै महिला स्वास्थ्य स्वयंसेवी तोक्सानी थिङ, काँकडा स्वास्थ चौकीका सबिना घलान, अनिता थिङ , खेलकुद क्षेत्रका बिक्रम मुक्तान, कृषि क्षेत्रबाट कृषि उद्यमी बिनिता दोङ, कला क्षेत्रबाट हिमाल घिमिरे र साहित्यको तर्फबाट प्रदिप वालाचनलाई सम्मान गरिएको हो ।