हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको १५ औँ (हिउँदे) अधिवेसन सोमबार भएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा अधिवेसन भएको हो । सोही अवसरमा गाउँपालिकाले राक्सिराङ, चेपाङ समूदाय र राक्सिराङको समग्र विकासको विषयमा सञ्चारक्षेत्रमा कलम चलाएको भनी सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

गाउँपालिकाले नयाँ पत्रिकाका कार्यरत पोष्टराज अधिकारी(कुमार) र नेपाल खबर डटकममा कार्यरत सुनिता विष्टलाई नगद सहित सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बताए । हरेक वर्ष हिउँदे अधिवेसनमा दुई जना सञ्चारकर्मीलाई सम्मान गर्दै आइरहेको भन्दै गर्तौलाले भने हामीले विभिन्न सामाजिक क्षेत्रका सक्रिय रहेकालाई पनि सम्मान गर्दै आइरहेका छौं ।

त्यस्तै, कलाकारतर्फ हिमाल घिमिरे, खेलाडीतर्फ विक्रम मुक्तान, भाषा साहित्यतर्फ प्रदीप बालाचन, महिला उद्यमी विनिता दोङलाई समेत नगद सहित सम्मान गरिएको थियो ।

सोही अवसरमा कर्मचारीतर्फ महिला विकास निरिक्षक गोमा पन्थि, प्राविधिक कर्मचारी नरबहादुर गाहा, वडा सचिव भावना कंडेल, कार्यालय सहयोगी प्रदीप थिङ, अवकाश प्राप्त गर्ने निशिथ प्रसाद शर्मालाई सम्मान गरिएको थियो ।

त्यस्तै, कर्मचारी स्वास्थ्यतर्फ स्वास्थ्यकर्मी अन्जना प्रजा, कास सविना घलान, स्वंमसेविका अनिता थिङ, अवकाश प्राप्त स्वंमसेविका वीपीमाया मुक्तान, गंगा कुमारी ठकुरी र तोकसानी थिङ, शिक्षा क्षेत्रतर्फ विद्यालय व्यवस्थापन समितिमा आधारभूत विद्यालय, शिक्षकमा दित बहादुर घलान, एसईइ उत्कृष्ट छात्रा सोनी लायो मगर र छात्र लवोन दोर्जे दोङलाई सम्मान गरिएको गर्तौलाले बताए ।

सामाजिक संघसंस्थातर्फ सहकारीमा कुडुले महिला कृषि तथा श्रम सहकारी संस्था, उपभोक्ता समितिमा दुईचोक डाँडा पर्यटन प्रवद्र्धन उपभोक्ता समिति, कृषक समूहमा जन्मभूमि एकीकृत कृषि तथा पशुपन्छी फर्म, राष्ट्रिय जन वकालत मञ्च नेपाल, राक्सिराङ आई टि एफ तेक्वान्दो डोजाङलाई पनि सम्मान गरिएको थियो ।