हेटौँडा । बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले प्रदेशभित्र ओझेलमा परेका पर्यटकीय गन्तव्यको उजागर गर्न आग्रह गरेका छन ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशको आयोजना एवं संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको सहयोगमा बिहीवारदेखि हेटौंडामा सुरु भएको दुई दिने पर्यटन पत्रकारिता तालिमको उद्घाटन गर्दै पर्यटकीय, धार्मिक, साँस्कृतिक गन्तव्यको उजार गर्न आग्रह गरेका हुन ।
माघ ४ र ५ गतेसम्म चल्ने तालिममा अशोक सिलवाल, कुवेर चालिसे र टिपी भुषालले प्रशिक्षण दिनुहुनेछ । तालिममा प्रदेशका १० जिल्लाका २० जना पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्टले ऐतिहासिक स्थलको उजागर गर्नुपर्नेमा जोडदिर्दै स्थानीयले पनि पर्यटक भित्र्याउनेगरी स्वागत तथा सत्कार गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव गोविन्द प्रसाद रिजाल, अधिकृत रमेश पौडेल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर लगायतकाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्