हेटौंडा । मकवानपुरको बागमतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

धरान चतरा सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका–८ भुवनचुली ओरीलोमा ९७ प ३३४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका हुन् ।

राईगाउँबाट हेटौंडातर्फ आउँदै गरेको उक्त मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बागमती–२ राईगाउँ बस्ने ३९ अर्जुन पहरी र मोटरसाइकलको पछाडी सवार सोही ठाउँका ३४ वर्षीय आइतेराम गोले घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेको हेटौंडा १ मा रहेको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।