हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन १ गते मङ्गलवार जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जनयुद्ध दिवसको अवसरमा पालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, शैक्षिक संस्था एवम् बैंक तथा वित्तिय संस्थाहरुमा बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले जानकारी दिए । माघ १४ गतेको कार्यपालिका बैठकले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए ।