हेटौंडा । मकवानपुरको राक्सिराङमा विहेमा गएका एक युवक मृत अवस्थामा भेटिएका छन् ।

राक्सिराङ गाउँपालिका वडा नं. ५ चुरीडाँडा वस्ने २७ बर्षीय सोमलाल प्रजा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार प्रजा बुधबार राक्सिराङ गाउँपालिका वडा नं.५ टङरङस्थित रिमलाल प्रजाको घरमा विहेमा जानुभएको थियो । रिमलालको घरदेखि दक्षिणतर्फ रहेको बाख्राको खोर छेउमा सोमलाल घोप्टो अवस्थामा बिहीबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाटमका लागि हेटौँडा अस्पतालमा ल्याईएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।