हेटौंडा । मनहरी गाउँपालिकाको विभिन्न वडाहरुमा आँखा शिविर कार्यक्रम सञ्चालन भइरहेको छ । शनिबार वडा नं २ मा शिविर सञ्चालन भएको थियो भने आईतबार ८ नं वडामा सञ्चालन भएको हो । मनहरी गाउँपालिकाको आयोजना र हेटौँडा सामुदायीक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिए ।

शनिबार वडा नं २ मा आयोजीत शिविरमा २ सय ३३ जनाले सेवा लिएका थिए । सेवा लिएकाहरुमध्ये २४ जनामा मोतिविन्दु देखा परेको थियो । यस्तै वडा नं ८ मा आयोजित शिविरमा २ सय ३१ जनाले सेवा लिएको प्रमुख दाहालले जानकारी दिए । उनिहरुमध्ये १५ जनामा मोतिविन्दु देखा परेको उहाँको भनाई भनाई छ ।

मोतिविन्दुको समस्या भएकाहरुलाई हेटौँडा सामुदायीक आँखा अस्पतालमा निशुल्क शल्यकृया गरिने दाहालले बताए । “यहि चैत ६ गते वडा नं २ का २४ जनाको र चैत ७ गते वडा नं ८ का १५ जनाको शल्यक्रियाका लागि अस्पताल लैजाने तयारी गरिएको छ”–दाहालले बताए । आगामी दिनमा सबै वडाहरुमा शिविर सञ्चालन गरीने उनको भनाई छ ।