हेटौंडा  । मकवानपुरकाे बागमती गाउँपालिका–७ मनसाही जरायोटारमा बाघले चार वटा गाई मारेको छ । मनकामना सामुदायिक वनमा चरनामा रहेका स्थानीय ६५ वर्षिय रुद्र बहादुर रानाको ४ वटा गाई बाघले मारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

सोमबार बिहान ६ बजेको समयमा बनमा ४ वटा गाई मृत अबस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जानकारी गराए पश्चात प्रहरी चौकी झुरझुरेबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।बाघले मारेको २ वटा गाईको पछाडीको शरिरको भाग खाएको २ वटा आक्रमण गरि मारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।