हेटौंडा । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन मकवानपुरको प्रथम जिल्ला अधिवेशन हेटौंडामा भएको छ ।

नेकपा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता तथा शिव थापाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा एमाले प्रदेश, जिल्ला, नगरका प्रतिनिधिहरु तथा भूतपूर्व सैनिक, लगायतकाको उपस्थिती रहेको थियो । सुधिर थापाले संचालन गरेको कार्यक्रममा उमानाथ आचार्यले स्वागत मन्तव्य राखेका थिए ।

अधिबेशनबाट २९ सदस्य जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ ।