हेटौँडा । शान्तिटोल टोल विकास संस्था हेटौँडा–६ शान्तिटोलद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बुधवारसम्म २५ लाख बढी रकम सङ्कलन भएको छ ।

सप्ताहमा हेटौँडा–६ शान्तिटोल निवासी रविलाल गौतमबाट २६ हजार १२६, सन्तोष प्रजा र सीता प्रजाबाट १५ हजार ५५५, प्रकाश ढुङ्गानाबाट १५ हजार ५५५, षडानन्द न्यौपानेबाट १५ हजार ५५५, बासुदेव सापकोटा र गोमा सापकोटाबाट १३ हजार १२५, भीमसेन पौडेलबाट ११ हजार १११, रामनाथ बास्तोला र धनकुमारी बास्तोलाबाट ११ हजार १०१, सिताराम भट्टराई बाट ११ हजार १५५, अरुण पराजुलीबाट १० हजार १११, दिपक बहादुर सिहबाट १० हजार ५ रुपैया रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति संयोजक उद्वव प्रसाद गौतमले बताए ।

हेटौँडा–६, मा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर र ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण उद्वेश्यका साथ लगाईएको सप्ताह ज्ञान महायज्ञ फागुन १५ गतेसम्म सञ्चालन हुने र सोहि दिन सामुहिक ब्रतबन्ध समेत गरिने कार्यक्रम रहेको छ ।

युवा पण्डित बद्री विशाल शास्त्री ढुङ्गाना र निर्जल पौडेल उपवाचकबाट सुमधुर संगितका साथ दैनिक प्रवचन भैरहेको हुँदा समस्त धर्मप्रेमी महानुभाहरुलाई प्रवचन श्रवणको लागि उपस्थित भई दिनुहुन आयोजक समितिले अनुरोध गरेको छ ।