हेटौँडा । रुखबाट लडेर मकवानपुरको बागमती गाउँपालिका २ आहालडाँडामा एक जना घाइते भएका छन् ।

स्थानीय ५५ वर्षीय वीरबहादुर लोप्चन सोही स्थामान रहेको खनिउको रुखमा चढी बिजुलीको तार तान्ने क्रममा रुखबाट लडी घाइते भएका हुन।

लोप्चनको उपचारको लागि शनिबार राति १९ बजे हेटौँडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।