हेटौँडा । सडक डिभिजन हेटौँडाले भदौ मसान्तसम्म सडक नखन्न आग्रह गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै वर्षायाममा सडक खन्ने स्वीकृति नदिइने जानकारी दिएको हो ।
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन सम्भव नरहने भएकाले सडक खन्ने स्वीकृति नदिइने सडक डिभिजन हेटौँडाका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।
सडक पनि थप बिग्रँदै जाने भएकोले भादौ मसान्तसम्म डिभिजन मातहतमा रहेका कुनै पनि सडक खन्न स्वीकृति प्रदान गर्न नसकिने उनले बताए । कसैले अनुमति बिना सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिने सडक डिभिजन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । नेपालमा मनसुन भित्रिएसँगै दिनहुँ वर्षा भइरहेको छ । वर्षाका कारण विभिन्न स्थानमा सडक बगाउनुका साथै बाढी, पहिरोका कारण यातायात आवागमनमा पनि समस्या हुँदै आएको छ ।












प्रतिक्रिया दिनुहोस्