हेटौंडा । हेटौंडामा मर्मतका क्रममा करेन्ट प्रवाह भएको तार खसेर लाग्दा सडकमा हिडिरहेका तीनजना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–७ शान्तिटोल नागसोतिमा करेन्ट लागेर एकै परिवारका तीनजना घाइते भएका हुन् ।
घाइते हुनेहरूमा हेटौंडा–७ का ४६ वर्षीय सञ्जयकुमार पुडासैनी, उनकी श्रीमती ४४ वर्षीया लक्ष्मी पुडासैनी र नातिनी एक वर्षीया श्रीयाना पुडासैनी रहेका छन् ।
सोमबार साँझ करिब ५ः४५ बजेतिर विद्युत् प्राविधिकले पोलमा काम गरिरहेको वेला अचानक तार भुइँमा खस्दा उक्त सडक हुँदै हिँडिरहेका तीनजना करेन्ट लागी घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार घाइते सञ्जयकुमारको दुबै खुट्टा जलेर अवस्था गम्भीर छ । उनी बोल्न नसक्ने अवस्थामा रहेका छन् । यस्तै, लक्ष्मी पुडासैनीको दुबै खुट्टा र हात जलेको छ । उनको अवस्था मध्यम भए पनि नातिनी श्रीयानाको दुबै खुट्टा र हातमा गम्भीर जलन देखिएको छ ।
घाइतेहरूलाई सुरुमा हेटौंडा अस्पतालमा उपचारका लागि पुर्याइएकोमा प्राथमिक उपचारपछि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा रिफर गरिएको र उपचार भैरहेको प्रवक्ता अर्यालले बताए ।












प्रतिक्रिया दिनुहोस्