हेटाैँडा । रानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वनक्षेत्रमा वृक्षारोपण गरेको छ ।
दशौ सामुदायिक दिवसको अवसरमा समूहले चौघडा मक्राञचुली कृषि सडकको दायाँबायाँ विभिन्न प्रजातीका विरुवाको वृक्षारोपण गरिएको हो । समूहले आँप, एभोकाडो, लिची, अम्बा, कागती लगायतको २ सय ५० वटा विरुवाको वृक्षारोपण गरिएको थियोे । डिभिजन वन कार्यालय, मकवानपुरले विरुवा उपलब्ध गराएको हो ।
हेटौँडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, समूहका उपाध्यक्ष महेन्द्र श्रेष्ठ, समूहका पदाधिकारी, लेखा समिति , उपभोक्ता लगायतको सहभागीता रहेको थियो ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्