हेटाैँडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–१० टौखेलमा भएको सवारी दुर्घटनामा घाइते भई उपचारको क्रममा टौखेल बस्ने ३२ वर्षीय अमिर गोपालीको मृत्यु भएको हो ।
गत साउन १३ गते राती गणेशमान सिंह सडक खण्डमा बिसंखेबाट टौखेल तर्फ आउँदै गरेको बा.प्र.६६ प २३५२ नं.मोटरसाइकल तीव्र गतिको कारण अनियन्त्रित भई तरकारी लोड गर्न रोकी राखिएको ना.७ ख ४२७६ नं.को ट्रकमा ठक्कर खाई दुर्घटना भएको थियो ।
गोपालीलाई उपचारको लागी बि एण्ड बि अस्पताल ग्वार्खु काठमाडौँ लगिएको थियो । साउन २७ गते उपचारका लागि बिग केयर अस्पताल बनेपा काभ्रेमा लगिएको थियो । उपचारका क्रममा शनिवार साँझ गोपालीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्