हेटौंडा । दुई महिनाकी सुत्केरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पतिलाई घरको खाँबोमा बाँधेर बलात्कार गरेको आरोपमा राक्सिराङ गाउँपालिका–१ का ४१ वर्षीय अन्तरे थिङलाई प्रहरीले आइतबार बेलुका पक्राउ गरेको हो।
मकवानपुरको विकट राक्सिराङकी दुई महिने सुत्केरीलाई बलात्कार गरेको आरोपमा थिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए।
प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार बेलुका थिङलाई पक्राउ गरेको हो। २३ वर्षीया सुत्केरी महिला शुक्रबार बलात्कृत भएकी थिइन् ।
एकान्तमा घर भएकी ती पीडित सुत्केरी महिलाका श्रीमानलाई गोठको खाँबोमा बाँधेर सुत्केरीलाई बलात्कार गरिएको हो। घटनापछि पीडितका श्रीमान्ले प्रहरी चौकी राक्सिराङमा जाहेरी दिन पुगे पनि आन्दोलनका कारण प्रहरी तत्काल घटनास्थल पुग्न सकेको थिएन।
पीडित महिलालाई हेटौंडास्थित हिंसापीडित महिलाहरूलाई राख्ने सुरक्षित आवासमा राखिएको छ।












प्रतिक्रिया दिनुहोस्