हेटौँडा । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि विकास निर्देशनालयको भवनबाट काम सुरु गरेको छ । जेनजी आन्दोलनको क्रममा आगजनीबाट मन्त्रालयको भवन पूर्णरुपमा क्षति भएपछि बिहीवारदेखि मन्त्रालयको कामकाज अस्थायी रूपमा निर्देशनालयबाट सुरु गरिएको हो ।
क्षतिग्रस्त भवनको प्राविधिक निरीक्षण पश्चात् मात्रै स्थायी व्यवस्थाबारे टुङ्गो लाग्ने भएको छ । कर्मचारीहरूलाई मनोबल उच्च राखेर काम गर्न हौसला प्रदान गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले जनताको सेवामा लाग्न आग्रह गरे ।
भदौ २३ गते आन्दोलनकै क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री पौडेलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।












प्रतिक्रिया दिनुहोस्