हेटौँडा । लागूऔषध गाँजा सम्बन्धी मुद्दाका फरार दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतबाट फरार रहेका ती दुबै प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये भिमफेदी गाउँपालिका–८ मकवानपुरका भिम स्याङतानलाई अदालतले ९ महिना १३ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो भने, मनहरी गाउँपालिका–९ का सुर्गा बहादुर मोक्तानलाई १ वर्ष १ महिना ११ दिन कैद र ६ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो ।

दुवै जना वारदातपछि फरार रहेका थिए । लामो खोजतलासपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेश गरेको जनाएको छ ।