हेटौँडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा तीन दिने प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठी आजदेखि हेटौँडामा सुरु भएको छ ।

गोष्ठीको उद्घाटन गर्दै प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मन्त्रालय मातहतका सबै कार्यालयहरूमा सामान खरिद गर्दा कोटेसन होइन, टेन्डर प्रक्रियामार्फत मात्र खरिद गर्न स्पष्ट निर्देशन दिए। सुशासन र पारदर्शिता सुनिश्चित गर्दै काम गर्न कर्मचारीलाई आग्रह गर्दै मन्त्री थापाले निर्देशनको अवज्ञा भए कारबाही हुने चेतावनी दिए ।

स्वास्थ्य निर्देशनालयका दिनेश रुपाखेती, सञ्जु राय, तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंका प्रमुख डा. रबिन भुषाललगायतले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । गोष्ठी बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्मा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेशका निर्देशक डा. नारायण कार्की, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झा, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटा, जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारी, स्वास्थ्य तालिम केन्द्रका प्रमुख दिपक तिवारी लगायतकाको सहभागिता रहेको थियो ।