हेटौंडा । मकवानपुर प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा १४ घर घई हेटौंडा ५ मा डेरा गरी बस्ने २६ वर्षीय सन्देश दुलालको डेराकोठामा चेकजाँच गर्दा लागुऔषध बरामद गरेको हो ।

लागुऔषध डाईजेपाम १८ एम्पुल, फेनारगन १६ एम्पुल, नुफिन १६ एम्पुल गरी ५० एम्पुल सहित दुलाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी प्रहरीले हेटौंडा ४ बाट पनि एक जना लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा जिल्ला पोखरेली गाउँपालिका ४ घर भई मकवानपुर हेटौंडा ४ मा डेरा गरी बस्ने ३० वर्षीय गणेशप्रसाद घिमिरे रहेका छन् ।

शंकास्पद रुपमा हिंडिरहेका घिमिरेलाई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध डाईजेपाम ५ एम्पुल, फेनारगन ४ एम्पुल, नुफिन ५ एम्पुल गरी १४ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजनामाथि आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।