हेटाैँडा । सर्वोच्च अदालतले हेटौँडा बजार क्षेत्रको सडक विस्तारसम्बन्धी मुद्दाको सबै मिसिल झिकाउन आदेश दिएको छ।
शुक्रबार बहसपछि न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले मुद्दासँग सम्बन्धित सबै निर्णय तथा फाइल मगाउन आदेश दिएको हो। सर्वोच्चले पुस २ गतेका लागि अर्को पेसी तोकेको छ।
डिभिजन सडक कार्यालय हेटौँडाको निर्णयविरुद्ध रास्वपा नेतृ तथा पूर्वसांसद विन्दवासिनी कंसाकारसहित ६ जनाले १६ मंसिरमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सर्वोच्चले मंसिर १९ मा उत्प्रेषण आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा सहभागी हुन निर्देशन दिएको थियो।












प्रतिक्रिया दिनुहोस्