हेटौँडा । हेटौँडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन हिमाल पौडेल सर्वसम्मत चयन भएका छन् । शनिवार सम्पन्न भएको २९ औ वार्षिक साधारणसभा तथा अधिवेशनले पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा श्याम प्रसाद भट्टराई, सचिवमा रेखा मैनाली र कोषाध्यक्षमा देवराज गौतम चयन भएका छन् । यसैगरी सदस्यहरुमा यतिराज दंगाल, लक्ष्मण सापकोटा, केशव प्रसाद चौलागाई, जिवकुमारी पौडेल र टुककुमारी चौलागाई सर्वसम्मत चयन भएका हुन ।
यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रकाश ढुङ्गाना र सदस्यहरुमा राजकुमार पौडेल र निर्मला पौडेल चयन भएका छन् ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्