हेटौँडा । नेपाल अर्वुद (क्यान्सर) रोग निवारण संस्था मकवानपुर शाखाको २३ औँ वार्षिक साधारणसभा शनिवार हेटौँडामा सम्पन्न भएको छ ।
साधारणसभामा शाखा सचिव जयप्रकाश घिमिरेले आर्थिक वर्ष २०८१-८२ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२-८३ को प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रम नेपाल अर्वुद (क्यान्सर) रोग निवारण संस्थाका केन्द्रीय उपमहासचिव प्रकाश खतिवडाको प्रमुख आतिथ्यता तथा मकवानपुर शाखाका सभापति माधव अधिकारीको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
साधारणसभामा संस्थाका बागमती प्रदेश संयोजक गणेश कोइराला, उद्योग संघ हेटौँडाका अध्यक्ष बद्रीनाथ शर्मा, हृदय रोग निवारण प्रतिष्ठानका अध्यक्ष विजयकुमार बैद्य, संस्थाका पूर्व सभापति कपिला जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
२०४९ सालमा तदर्थ समितिका रूपमा स्थापना भएको नेपाल अर्वुद (क्यान्सर) रोग निवारण संस्था मकवानपुर शाखामा हाल १४३ जना पुरुष र २२ जना महिला गरी कुल १६५ जना सदस्य आवद्ध रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्