हेटौँडा । हेटौँडा–६, चौघडामा रहेको नौलो बिहानी कृषि सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गानाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

साधारणसभामा अध्यक्ष ढुङ्गानाले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष जयराम घिमिरेले ऋण उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गोपालचन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा उत्कट बचतकर्ता रञ्जिता भेटवाल, उत्कृष्ट कारोबारी मिना कुमारी केसी र नन्दलाल राई, ज्येष्ठ शेयर सदस्य पुष्पसुन्दर श्रेष्ठ तथा एकैदिन सदस्य बनेका जोडी सदस्यलाई सम्मान गरिएको थियो ।

साधारणसभामा हेटौँडा–६ का वडा सदस्य लेखराज ढकाल, संस्थाका संस्थापक अध्यक्ष राघव न्यौपाने, पूर्व अध्यक्ष राजेन्द्रप्रसाद चौलागाई, निवर्तमान अध्यक्ष भरत सापकोटा, बंशगोपाल दुग्ध सहकारीका अध्यक्ष रामहरि चौलागाई, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, संस्था सचिव नेत्रप्रसाद ढुङ्गेल, शेयर सदस्य तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

सहकारीमा हाल ४ सय ३३ जना शेयर सदस्य रहेका छन् । सहकारी व्यवस्थापक सरिता खतिवडाका अनुसार २०८२ असारसम्म सहकारीको शेयर पूँजी ६५ लाख ५२ हजार रुपैयाँ, निक्षेप १ करोड ६१ लाख ८५ हजार रुपैयाँ र लगानी १ करोड ४९ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।

भीमसेन पौडेल
थप जानकारी