हेटौँडा ।हेटौँडामा नयाँ सार्वजनिक खेल मैदान निर्माणको तयारी थालिएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको पूर्वी क्षेत्रमा बहुउद्देश्यीय खेल मैदान निर्माण गर्न लागिएको हो ।
फुटबल, भलिबल, क्रिकेट, बास्केटबललगायतका विभिन्न खेल सञ्चालन गर्नुका साथै सार्वजनिक कार्यक्रम आयोजना र नियमित व्यायामजस्ता क्रियाकलाप सञ्चालन गर्न सकिने गरी मैदान निर्माण गर्न लागिएको हेटौँडा–४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
उनका अनुसार हाल मैदान क्षेत्रको सरसफाइ कार्य सुरु गरिएको छ । वडा कार्यालय, हेटौँडा उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारको सहयोग जुटाएर सुविधा सम्पन्न खेल मैदान निर्माण गर्ने लक्ष्य राखिएको छ।
खेल मैदान निर्माणपछि विभिन्न विद्यालय तथा खेलकुद क्लबले प्रतियोगिता आयोजना गर्न सक्नेछन्। साथै संघ, संस्था, संगठन तथा राजनीतिक दलहरूले विद्यालयको नीति र मापदण्डभित्र रहेर विभिन्न कार्यक्रम आयोजना गर्न सक्ने विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले बताए ।












प्रतिक्रिया दिनुहोस्