हेटाैँडा । कैलाश गाउँपालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै गाउँपालिकाभित्र दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
तामाङ समुदायको बाहुल्यता रहेको क्षेत्रलाई मध्यनजर गर्दै गाउँपालिकाले माघ ४ र ५ गते २ दिन कैलाश गाउँपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष मुक्तानले जानकारी दिए । सो अवधिमा गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संघ–संस्था तथा बैंक तथा वित्तीय संस्थाहरू बन्द रहनेछन् ।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बुधबार जारी गरेको शुभकामना सन्देशमा सोनाम ल्होसारले तामाङ समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् ।
“सोनाम ल्होसारले सकारात्मक सोच, अनुशासन र परिश्रममार्फत समृद्ध समाज निर्माण गर्न सबैलाई प्रेरित गरोस् भन्ने हाम्रो कामना हो,” अध्यक्ष मुक्तानले बताए ।












प्रतिक्रिया दिनुहोस्