हेटौँडा । शिक्षा, स्वास्थ्य र खेलकुदलाई पहिलो प्राथमिकता दिने उद्देश्यका साथ तेस्रो वडास्तरीय खेलकुद महोत्सव–२०८२ अन्तरगत नगरस्तरीय छात्र भलिबल प्रतियोगिता हेटौँडामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मीनाकुमारी लामाले शुक्रबार आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा गरिन ।
हेटौँडा उपमहानगरपालिका–४ नं. वडाको आयोजनामा, शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को संयोजन र आधुनिक राष्ट्रिय माविको व्यवस्थापनमा भएको प्रतियोगितामा नगरका १४ विद्यालय सहभागी रहेको प्रतियोगिता संयोजक राजाराम पोखरेलले जानकारी दिए ।
माघ २ र ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोह ४ नं. वडाध्यक्ष नवीन सिग्देलकाे विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा ११ नं. वडाध्यक्ष जुना दाहाल, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईँ, श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल, शिक्षक कृष्णगोपाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता आधुनिक राष्ट्रिय माविका व्यवस्थापन समितिका अध्यक्ष समिम खानले गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्