हेटौँडा । हेटौँडा–६, शान्तिटोलमा रहेको शान्तिटोल टोल विकास संस्थाको २६ औँ वार्षिक साधारणसभा शनिवार हेटौँडामा सम्पन्न भएको छ ।
साधारणसभाको बन्दसत्रले केशव धितालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा अप्सरा क्षेत्री, सचिवमा प्रदिप ढुङ्गाना, सहसचिवमा यशोदा भट्टराई र कोषाध्यक्षमा पूर्णभद्र चौलागाई चयन भएका हुन् ।
यसैगरी सदस्यहरुमा क्रमशः कोपिला ढकाल, यादव सापकोटा, शुभद्रा तिमल्सिना र केशव प्रसाद सापकोटा रहेका छन् । भेलाले तिर्थ खड्का संयोजक र गान्दिप हुमागाई र रिता अधिकारीलाई सदस्यमा चयन गरेको छ ।
साधारणसभमा संस्थाको अध्यक्ष केशव धितालले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष पूर्णभद्र चौलागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा ज्येष्ठ सदस्य टंक प्रसाद सापकोटा, रितादेवी राई, उत्कृष्ट बिद्यार्थी अनुष्गा हुमागाई, डिजिशा तिमल्सिना, असली बचतकर्ता केशव प्रसाद सापकोटा र असली कारोवारीमा कोपिला गौतमलाई पुरस्कृत गरिएको थियो ।
हेटौँडा–६, का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारसभामा हेटौँडा–६ का वडा सदस्य विजय पौडेल, हेटौँडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, टोल विकास संस्था नगर समन्वय समिति उपाध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, भूगोल ईन्चार्ज गोमा लामिछाने, टोल विकास संस्था वडा समन्वय समिति, हेटौँडा–६ का उपाध्यक्ष रमेश कुमार थापा, रक्षादेवी टोल विकास संस्था अध्यक्ष केशव प्रसाद कोईराला, मुनलाईट ईन्टरनेशनल स्कूलका प्रिन्सिपल मनोज थिङ, सञ्चारकर्मी रुपेश दुलाल, सुनिल शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।
संस्थाले बचत संकलन, ऋण लगानीको साथै सामाजिक काम गर्दै आएको छ । संस्थाको आफ्नै भवन रहेको छ । टोल विकास संस्थामा एकसय ५५ जना सदस्य आवद्व रहेका छन् ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्