काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले १३ करोड ७५ लाख रुपियाँको आईपीओ निष्काशन गर्ने भएको छ ।
उक्त कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको हो ।
सेबोनबाट स्वीकृति पाएसँगै कम्पनीले प्रति कित्ता १०० रुपियाँ अंकित मूल्यमा कुल १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्नेछ ।
आईपीओ निष्काशनका लागि कम्पनीले यसअघि नै आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको सोरुन खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।












प्रतिक्रिया दिनुहोस्