हेटौँडा । हेटौँडा–६, चौघडामा रहेको प्रज्वल शिक्षा सदन ईङलिस स्कूलको ३६ औँ अभिभावक भेला शनिवार सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले शैक्षिक गुणस्तर बढाउन सरोकारवाला सबैको सहयोग आवश्यक पर्ने बताइन् । आफ्ना छोराछोरीहरुलाई मोवाईलबाट टाढा राख्न आग्रह गर्दै प्रमुख लामाले शिक्षाको गुणस्तर बढाउन उपमहानगरपालिका सदैव लाग्ने बताइन् ।

कार्यक्रममा कक्षागतरुपमा प्रथम, द्वितीय र तृतिय हुने विद्यार्थी, विभिन्न विद्याका उत्कृष्ट अभिभावक, पूर्व ब्यवस्थापन समितिका पदाधिकारीहरु समेतलाई पुरस्कृत गरिएको थियो ।

भेलामा विद्यालयका प्रिन्सिपल गणेशकुमार श्रेष्ठले विद्यालयको शैक्षिक, आर्थिक एवम् भौतिक प्रतिवेदन पेश गरेका थिए । भेलाको अवसरमा विद्यार्थीहरुले नृत्य, कमिक्स र विज्ञान संग सम्वन्धित विभिन्न प्रकारका सामाग्री प्रर्दशन गरेका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको भेलामा हेटौँडा–६ का वडाध्यक्ष विष्णुबहादुर दाहाल, प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, नगर सचिव सुदिप गिरी, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, रक्षादेवी टोल विकास संस्था अध्यक्ष केशव प्रसाद कोईराला, विद्यालयका निवर्तमान अध्यक्ष शम्भु बहादुर रिमाल, सञ्चारकर्मी भावना रिजाल, अभिभावक, शिक्षक शिक्षिका लगायतको सहभागीता थियो । कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा एकसय २२ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

भीमसेन पौडेल
थप जानकारी