हेटौंडा । मकवनपुर प्रहरीले मनहरीबाट मंगलबार ४२ किलो गाँजासहित चार जना पक्राउ परेका गरेको छ ।

मकवानपुरको मनहरी ६ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा मनहरीबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ४४०९ नं. को ट्रकमा खोजतलास गर्दा चालक बस्ने सिट पछाडी लुकाई ल्याएको लागुऔषध गाँजा ४२ किलो फेला गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

उक्त ट्रकका चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३१ को ईश्वर पाठक, सहचालक हेटौंडा उपमहानगरपालिका वडा नं. ११ बस्ने बर्ष २२ को सागर थिङ, सोही ट्रकमा सवार जिल्ला नवलपरासी रामग्राम नगरपालिका वडा नं. १२ बस्ने बर्ष ६० को राजेश प्रसाद रौनियार र सोहि स्थान बस्ने बर्ष ४० की रेश्मा भरलाई उक्त लागुऔषध गाँजा, ट्रक सहित नियन्त्रणमा लिइएको हो । उक्त विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।