हेटौँडा। हेटौँडा उपमहानगरपालिका–६ चौघडामा रहेको नौलो बिहानी कृषि सहकारी संस्थाले १७औँ वार्षिकोत्सव मनाएको छ ।
संस्थाले शेयर सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा संस्थाले हालसम्म गरेका गतिविधि तथा उपलब्धिबारे जानकारी गराइएको थियो ।
सहकारीले बचत तथा ऋण कारोबारसँगै कृषि क्षेत्रमा अदुवा, बेसार तथा मल वितरण जस्ता गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ । साथै पशुपालन प्रवर्द्धन, कपाल काट्ने तालिम, झोला बनाउने तालिम तथा ब्युटी पार्लरसम्बन्धी तालिमहरू समेत सञ्चालन गर्दै आएको छ ।
संस्थाका अध्यक्ष विष्णुप्रसाद ढुङ्गानाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष भरत सापकोटा, पूर्व अध्यक्ष राजेन्द्रप्रसाद चौलागाईं, लेखा संयोजक गोपालचन्द्र भट्टराईलगायत सदस्य, शेयर सदस्य, सञ्चारकर्मी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
संस्थामा हाल ४५८ जना शेयर सदस्य आबद्ध रहेका छन् । संस्थाकी व्यवस्थापक सरिता खतिवडाका अनुसार सहकारीको शेयर पूँजी ६८ लाख रुपैयाँ, ऋण लगानी १ करोड १५ लाख रुपैयाँ तथा निक्षेप १ करोड ६५ लाख रुपैयाँ रहेको छ ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्