हेटौँडा । हेटौँडा उपमहानगरपालिका–६ चौघडास्थित कालीपोखरीमा मंगलबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
नगरवासीहरूको सुख, शान्ति र समृद्धिको कामनासहित आयोजना गरिएको उक्त सप्ताह ज्ञान महायज्ञको उद्घाटन बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले धर्म र संस्कृतिको माध्यमबाट समाज र देशको विकास सम्भव रहेको उल्लेख गरे। उनले सामूहिक प्रयासबाट मात्रै समाजको दिगो विकास गर्न सकिनेमा जोड दिए।
डोलेश्वर महादेव पाथीभरा महाकाली रक्तदन्तिका दिव्यशक्ति धाम समितिकी अध्यक्ष शोभा घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौँडा–६ का कार्यवाहक अध्यक्ष विजय पौडेल, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, नौलो बिहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, मानव सेवा आश्रमका केन्द्रीय संयोजक टीका तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी महिला जागरण समूह, रानी सामुदायिक वनका सदस्य पूर्णभद्र चौलागाईं, आयोजक समितिका उपाध्यक्ष तारानाथ खतिवडा, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजक समितिका अनुसार सप्ताह ज्ञान महायज्ञ आगामी बैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्