हेटौँडा। सालक संरक्षणमा क्रियाशील हेटौँडा–६, चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहले सालकको उद्धार, संरक्षण तथा व्यवस्थापनका लागि विशेष योजनासहित काम गर्दै आएको छ।
समूहले सालक संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न उपभोक्ताहरूलाई सचेत गराउँदै विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। असार ७ गते राति भेटिएको सालकलाई समूहले वनको ब्लक नं. ६ मा सुरक्षित रूपमा छाडेको छ।
रातिको समयमा घरनजिकैको सडकमा हिँडिरहेको अवस्थामा सालक देखेपछि स्थानीय सौगात बुढाथोकीले वन समूहलाई खबर गरेका थिए।
उक्त सालकलाई हेटौँडा–६ का वडा सदस्य मुना विश्वकर्मा, समूहका समितिका सदस्यहरू केदारप्रसाद अधिकारी र विष्णु विश्वकर्मा तथा उपभोक्ताहरूको रोहवरमा समूहद्वारा संरक्षित वन क्षेत्रमा छाडिएको हो।
समूहले सालक संरक्षणका लागि धमिराका देउला (गुँड) संरक्षण गर्ने, सालकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा यसको बासस्थान संरक्षणमा विशेष ध्यान दिँदै आएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्