हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको वंशगोपाल तथा कुशेश्वर मन्दिर संरक्षण समितिको अध्यक्षमा मोहनबहादुर भण्डारी चयन भएका छन् । समितिको आज सम्पन्न साधारणसभाले भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा गोकुल लामिछाने, सचिवमा गोमा लामिछाने, सहसचिवमा समाधान सापकोटा र कोषाध्यक्षमा पवित्रा थापा चयन भएका हुन् । यसैगरी सदस्यहरूमा चण्डिका ढकाल, रूपा तिमल्सिना, अनन्त न्यौपाने, दिनेश ढकाल, गहन खतिवडा र शोभा घिमिरे चयन भए ।

नयाँ कार्यसमिति चयन गर्न सञ्चारकर्मी भीमसेन पौडेलको संयोजकत्वमा विष्णुप्रसाद ढुङ्गाना र राजकुमार फुयाल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । हेटौँडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता तथा समितिका अध्यक्ष दामोदर घिमिरेको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा समितिका सचिव दीपककुमार थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शुभद्रा तिमल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभामा वडा सदस्य विजय पौडेल, निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, नौलो विहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, प्रज्वल शिक्षा सदनका प्रिन्सिपल गणेशकुमार श्रेष्ठ, गुप्तेश्वर टोल विकास संस्थाका अध्यक्ष नानीमाया रुम्बा, रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष केशवप्रसाद कोइराला र रक्षादेवी मन्दिर संरक्षण समितिका अध्यक्ष लक्ष्मीचरण श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

मकवानपुरको पूर्वी क्षेत्रमा रहेको समितिले धर्म तथा संस्कृतिको संरक्षणका लागि विभिन्न गतिविधि गर्दै आएको छ । समितिले श्रीकृष्ण जन्माष्टमीलगायत विभिन्न चाडपर्वमा कार्यक्रम आयोजना गर्दै सामाजिक एकता र सद्भावको सन्देश प्रवाह गर्दै आएको जनाएको छ ।

भीमसेन पौडेल
थप जानकारी