हेटौंडा । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला कार्यसमितिको अध्यक्षमा ध्रुव प्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन । हेटौडामा भएको सातौ वार्षिक साधारणसभा एवम तेश्रो जिल्ला अधिवेशनको बन्द सत्रले घिमिरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

यसैगरि सदस्यहरुमा विष्णु घिमिरे, लक्ष्मी घिमिरे, कृष्ण घिमिरे, बर्षाद घिमिरे, चिरञ्जिवी घिमिर्, उत्तम घिमिरे, हिरामणी घिमिरे र दुर्गा घिमिरे चयन भएका छन । समितिको उपाध्यक्षमा ज्ञानप्रसाद घिमिरे, शंकर प्रसाद घिमिरे, सचिवमा यदुकुमार घिमिरे, सहसचिवमा उज्वल घिमिरे, कोषाध्यक्षमा भवनाथ घिमिरे र सहकोषाध्यक्षमा सरिता घिमिरे सर्वसम्मत चयन भएका हुन ।

साधारणसभाको उदघाट्न कार्यक्रममा सचिव शंकर प्रसाद घिमिरेले प्रगति र आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभाको अवसरमा खेल क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने पिप्ले युवा क्लवका अध्यक्ष सशिल घिमिरे र ज्येष्ठ सदस्य कृष्ण प्रसाद घिमिरेलाई सम्मान गरिएको सचिव यदुकुमार घिमिरेले बताए ।

भीमसेन पौडेल
थप जानकारी