हेटौंडा । मनहरी गाउँपालिका–१, चकरीमा रहेको चेतना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २१ औं वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ ।

लोकहित उपभोक्ता समितिका अध्यक्ष चन्द्र बहादुर मुक्तानको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष बंशीगोपाल कँडेलको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा समूहकी कोषाध्यक्ष सिद्धि कुमारी चिमरियाले आव ०७७÷०७८ को लेखापरिक्षण प्रतिवेदन र सचिव माधव प्रसाद उप्रेतीले चालु आव. ०७८÷०७९ को लागि करिब ८ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।

भेलामा सहभागी उपभोक्ताहरुले आफनो घर गोठ बनाउन चाहिने सामाग्री ढुङगा, गिटी, बालुवा लगायतका सामाग्री खोलाबाट निकाल्न पर्सा राष्ट्रिय निकुञ्जले रोक लगाएकोमा विरोध गरेका थिए । यस कार्यमा सहजीकरण गर्न समूहसँग माग गरेका थिए । यसैगरि उनीहरुले वनको संरक्षण, सम्वर्धन, उपयोग, बनडढेलो नियन्त्रण, आयआर्जन, सामाजिक काम, लोपोन्मुख सालक लगायतका वन्यजन्तुको संरक्षण गर्नु पर्नेमा समेत जोड दिएका थिए ।

साधारणसभामा समूहका पूर्व अध्यक्ष कृष्ण बहादुर लटौला, सहसचिव मनमाया घलान, पूर्व सचिव कल्याण प्रसाद अधिकारी, चेतना बहुआयामिक आयआर्जन समूहकी अध्यक्ष मिठुकुमारी मुक्तान, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

१ सय ६२ घरधुरी रहेको यो सामुदायिक वन १ सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

भीमसेन पौडेल
थप जानकारी