हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ गुम्बाडाँडामा २५ फिट अग्लो ढुङ्गाको बुद्धको मुर्ति अनावरण गरिएको छ । बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलले एक समारोहकाबीच मुर्ति अनावरण गरेका हुन् ।

रु १ करोड ४४ लाखको लागतमा बोधी चैत्य बौद्ध स्तुपा मुर्ति निर्माण गरी अनावरण गरिएको हो । समाजसेवी दुर्गामान शाक्य, सुभाषराज शाक्य र कमलचन्द्र सुमनको सक्रियतामा गुम्बाडाँडामा मुर्ति निर्माण गरिएको हो ।

मुर्ति अनावरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ का वडाध्यक्ष अनिल बानियाँ, मुर्ति निर्माण व्यवस्थापन समितीका उपाध्यक्ष ज्योतिरत्न बज्राचार्य लगायतकाले बोलेका थिए ।