हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र वन तथा कृषि सहज कार्यक्रमको सहयोगमा मंगलवार देखि हेटौडामा ५ दिने बजार विश्लेषण ताथ उद्यम विकास तालिम शुरु भएको छ ।

सामुदायिक वनमा उद्यम सञ्चालन गरि उत्पादित बस्तुहरुलाई कसरी बजार सम्म पु¥याई आम्दानी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन तालिम आयोजना गरिएको महासंघले जनाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ,बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाईको प्रमुख आतिथ्यता एवम महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रम उदघाटन गरिएको थियो । बैशाख १७ गते सम्म सञ्चालन हुने तालिममा गोपीराम बल, समिर सुवेदी र जनक आचार्यले सहजीकरण गर्ने कार्यक्रम छ ।

उदघाटन कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो । तालिममा विभिन्न सामुदायिक वनका ३० जनाको सभागिता रहेको फेकोफनकी सहजकर्ता अन्जली थापाले बताईन ।

भीमसेन पौडेल
थप जानकारी