हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले मकवानपुरका पत्रकार श्रीराम अर्जुनलाई मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत गर्ने भएको छ ।
संघको शनिबार बसेको बैठकले जेठ ७ गते पर्ने चलचित्र पत्रकारिता दिवसको अवसरमा मोफसलमा एक दशक भन्दा लामो समयदेखी चलचित्र पत्रकारिता गर्दै आएका श्रीराम अर्जुनलाई मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत गर्ने निर्णय गरेको महासचिव समिर बलामीले जानकारी दिए ।
२०६६ सालमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाका कार्यसमिति सदस्य बनेका श्रीराम अर्जुन हाल संघको सचिव रहेका छन् । उनले दुई कार्यकाल सचिव भई कार्यसम्पादन गर्दै आएका छन् । स्थानीय पत्रिकामा चलचित्र पत्रकारिता सुरु गर्दै आएका श्रीराम अर्जुनले लामो समय फिल्मी खबर साप्ताहिकका लागि हेटौंडाबाट काम गरेका थिए । उनी हाल हेटौंडाबाट सञ्चालित सिधाखबर डटकम, इमेज च्यानल र हिमालय टाइम्सको मकवानपुर संवाददाताको रुपमा कार्यरत छन् ।












प्रतिक्रिया दिनुहोस्