हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको सेवा आजबाट बैशाख ३० गते सम्म बन्द भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासनबाट प्रवाह हुने सेवा २७ गते देखि बन्द भएको हो । स्थानीय तहको निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने तथा अनुगमन लगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि वैशाख २७ देखि ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।
नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी लगायतका सेवाहरू बन्द रहेपनि शान्ति सुरक्ष, विपद् ब्यवस्थापन लगायतका अतिआवश्यक सेवा प्रवाह नरोकिने सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्