हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा एक जना पुरुषको शव फेला परेको छ ।

बुधबार गाउँपालिकाको वडा नंबर २ को कैलेनी भिर नजिक अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मवानपुरले जनाएको छ । शवको पहिचान नखुलेको प्रहरीले जनाएका छ ।

खोला नजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।