हेटौंडा । शुक्रबार बिहान सात बजेदेखि मकवानपुरभर मतदान सुरु भएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तहको निर्वाचन–२०७९ को मतदान सुरु भएको हो । जिल्लाको दशवटै स्थानीय तहमा मतदान सुरु भएको छ ।
संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । ०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ ।












प्रतिक्रिया दिनुहोस्