सुन्दरी प्रतियोगिताको आडमा एकजना किशोरीमाथि यौन दुर्व्यवहार आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।

आठ वर्षअघि भएको भनिएको उक्त यौन हिंसाको घटना सार्वजनिक भएसँगै प्रहरीले पाण्डेसहितलाई खोजी थालेको थियो।

सुन्दरी प्रतियोगिताका आयोजकमध्ये एकजना उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेको हो।

सुन्दरी प्रतियोगितामा भाग लिँदा यौन हिंसामा परेकी किशोरीको घटना अनुसन्धान गर्न नेपाल प्रहरीले ५ सदस्यीय समिति बनाएको भोलिपल्ट पाण्डे समातिएका हुन्। ​

उपत्यका प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरको नेतृत्वमा समिति बनेको थियो। महाशाखाको टोलीले उनलाई हिरासतमा लिएको हो।