हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ४ गोल्फीङवेसीमा सुमोमा ढुंगा खस्दा चालक सहित यात्रु घाइते भएका छन ।
हेटौंडाबाट काठमाण्डौँ जाँदै गरेको ना १ ज ७३४० नंबरको सुमो दुर्घटनामा परेको हो । सडक फराकिलो पार्ने क्रममा फोरिएको पहाडबाट अचानक ढुंगा खसेपछि दुर्घटना भएको जनाईएको छ ।